Pages

Sunday, October 20, 2019

झरना भनौ की झरनाको, पानी भनौ ;
आँखा भनौ की आँखाको, नानी भनौ ।
(1)
मेरी आँखाबाट मादक तुफान बनी पस्यौ ;
सुन्दरता भनौ की तिम्रो जवानी भनौ ।
(2)
कस्तो सम्बोधन सुहाउला सोच्दै छु प्रिय ;
मायालु भनौ की मेरी प्यारी सानी भनौ ।
(3)
निर्मल मन सुन्दर तन विवेककी धनी ;
मन्दिरकी देवी या ह्र्दयकी रानी भनौ ।
(4)
तिमीबाट कब्जा गरिएको छ मेरो मुटु ;
संयोगले भो भनौ की , जानी जानी भनौ ।


रचना : यज्ञ प्रसाद गिरी
असोज 30 गते, 2076 साल
कोहलपुर , बाके

No comments:

Post a Comment