Pages

Sunday, October 20, 2019

अचानकै आयौ तिमी, मुटुभित्र गड्यौ प्रिय ;
लौ भन त हासि हासि कस्तो जादु गर्यौ प्रिय ?
(1)
पहिलेदेखि चिने जस्तो,लाग्न थाल्यो भेटेपछि ;
पहिलैं पटक देखेँदेखी औधि मन पर्यौ प्रिय ।
(2)
अचानकै भेट भयो, निमेसमै घनिश्टता ;
आँखाबाट पस्यौ तिमी , मुटुभित्र झर्यौ प्रिय ।
(3)
शीतल भयो मन मेरो, बोली तिम्रो सुनेपछि ;
आनन्दमा डुबाउने , कस्तो बोली बोल्यौ प्रिय ।
(4)
परिवर्तन जिन्दगीमा, भयो तिम्रो आगमनले ;
जिन्दगीमा स्नेहको मिठो गोली, घोल्यौ प्रिय ।

रचना : यज्ञ प्रसाद गिरी
असोज 29 गते , 2076 साल
कोहलपुर , बाके




No comments:

Post a Comment