Pages

Thursday, November 21, 2019

सजिलै काट्नु छ भने ,धारिलो हथियार हुनु पर्छ ;
नाटक गर्न्,नि कुशक , कलाकार हुनु पर्छ ।

(1)
रातारात पैसा कमाउन पनि कहा सजिलो छ र?
नेतासग मित्रता र , कालो ब्यापार हुनु पर्छ ।

(2)
साधा जिवन , उच्च विचारमा बाच्न पनि गाह्रो छ ;
समझदार साथी र सन्तुलित , घरबार हुनु पर्छ ।

(3)
कुनै राष्ट्र को विकास , सजिलै कहा भएको छ र ?
राष्ट्रका अगुवाहरुको त्याग र उच्च , विचार हुनु पर्छ ।

(4)
किन फुट्दै छन पार्टी र लड्दै छन नेता आपसमा ?
त्यहा निश्चितनै द्रब्य प्राप्तिकै लागी, मारामार हुनु पर्छ ।

रचना: यज्ञ प्रसाद गिरी
आनन्दबस्ती , ललितपुर
मङ्सिर 3, 2076 साल





No comments:

Post a Comment