Pages

Sunday, October 20, 2019

यसरी भयो तिम्रो प्रवेश,जिन्दगिमा ;
बदलिदै गयो परिवेश , जिन्दगीमा।
(1)
मन भरी नै तिमी छौ, अब त प्रिय ;
कसरी बन्यौ विशेस, जीन्दगीमा ।
(2)
तिमी बसन्त बन्यौ, मनको उपवनमा ;
बाकी रहेन अब कुनै क्लेश, जिन्दगीमा ।
(3)
तिमी खुसियाली बनेर आयौ , प्रफुल्ल छु म ;
दियौ जिजिविशाको सन्देश, जिन्दगीमा ।
(4)
पुष्टि गर्यौ तिमीले मेरो बाच्नु को औचित्य ;
तिमी बन्यौ हरिद्वार र हृशिकेश , जिन्दगीमा ।

यज्ञ प्रसाद गिरी
आश्विन 10 गते 2076 साल
आनन्दबस्ती , ललितपुर

No comments:

Post a Comment