Pages

Sunday, October 20, 2019

थियौ घनिस्ट मित्र, याद आयौ ;
रहेछौ मनभित्र , याद आयौ ।
(1)
सरल थियौ , उदार पनि थियौ ;
त्यसमा पनि पवित्र , याद आयौ ।
(2)
नजिक दिलको थियौ, बिरानो भयौ ;
देखायौ हरकत विचित्र , याद आयौ ।
(3)
आफै पस्यौ दिलमा र आफै हरायौ ;
बिझी रह्यौ भित्र भित्र , याद आयौ ।
(4)
माने आदर्श प्रेमको प्रतीक सधैं ;
देखियो बेग्लै चरित्र, याद आयौ ।

रचना: यज्ञ प्रसाद गिरी
कार्तिक 2 गते , 2076 साल
कोहलपुर , बाके




No comments:

Post a Comment