Pages

Thursday, May 23, 2019

हेर्ने दृध्टी सुन्दर भए , सारा सृष्टि सुन्दर लाग्छ ;
मनमा गहन श्रदा भए , पहरा ,नि मन्दिर लाग्छ ।
(1)
कस्तो लाग्छ किन सोध्नु ,घायल मुटु हुनेलाइ ;
कसैको त बोलि-बचन , मुटु छेड्ने झिर लाग्छ ।
(2)
छाति मेरो केलाएर पत्र्-पत्र , हेर्नु होला ;
मुटु कुल्चि जानेलाई , पछुतो
गम्भिर लाग्छ ।
(3)
मार -पिट , लुछा- चुडी यावत कुरा हेर्नु पर्दा;
भोलीको मेरो पुस्ताको, मनैदेखी पिर लागछ ।
(4)
कुनै बेला यस्तो थियो, सधैं तिमी सँगै हुन्थ्ये ;
झुक्किएर सम्झ्यौ भने , अब त तक्दिर लाग्छ ।

जेठ 6, 2076 साल
बिरेन्द्रनगर , सुर्खेत












No comments:

Post a Comment