Pages

Thursday, May 23, 2019

गजल

ऐजन ऐजनमा चली रहेछ देश, ब्यहोरा अनुरोध छ ;
पानी पँधेरो जस्तै भो विदेश , ब्यहोरा अनुरोध छ ।

(१)
हाहाकार छ चारैतिर सँरक्षकनै भक्षक भा,का छन ;
केही रहन्न कि जस्तो छ शेष, ब्यहोरा अनुरोध छ ।

(२)
एउटै बाटोमा लामबध्द सबै दलका , द्रब्य पिचासहरु ;
के स्थानिय तह, के सँध के प्रदेश, ब्यहोरा अनुरोध छ ।

(३)
लुट्छन् सिधा-साधा जनतालाई, पाए सरकारलाई पनि ;
यस्तो छ ठुला बडाहरूको बिजनेस , ब्यहोरा अनुरोध छ ।

(४)

दिक्क छु ज्यानमारा,लुटेरा र भस्ट्राचारिलाइ मान्नु पर्दा ;
यस्तै छ आम नेपालीको सन्देश, ब्यहोरा अनुरोध छ ।

आनन्दबस्ती , ललितपुर
बैशाख ४, २०७६ सा

No comments:

Post a Comment