Pages

Thursday, May 23, 2019

आफ्नै राजिखुसिले आफ्नै अस्तित्व भुल्नु हो बिहे ;
कुकुर र बिरालोलाई एउटै खोरमा हुल्नु हो बिहे ।
(1)
एक हैन सात -सात जन्मको साथको हवाला दिदै ;
पुर्व जन्मको ऋणको , पाई- पाई असुल्नु हो बिहे ।
(2)
अनौठो चलन चलाए हाम्रा बाबु बाजेहरुले पनि ;
बाजा गाजा सहित घरमा एटम बम हुल्नु हो बिहे ।
(3)
समयको परिबन्दले सम्झौता गरे के लाग्दो रै,छ ;
माइतिघर र पशुपति बीचको यात्री भै भुल्नु हो बिहे ।
(4)
वास्तविक प्रेम के हो कहिल्यै अर्थ बुझ्न नसक्दा;
जिवनभर तितो र मिठो स्वादमा झुल्नु हो बिहे ।
(5)
कहिले त सुखका दिन पनि फिर्ने छन सोच्दै ;
मात्र घाटै घाटाको ठेक्का , कबोल्नु हो बिहे ।

बैशाख 14 गते , 2076 साल








No comments:

Post a Comment