Pages

Thursday, May 23, 2019

लाईक पनि आयो अनि कमेन्ट आयो ;
ह्र्दयभित्र लुकेको, सेन्टिमेन्ट आयो ।मसङ मेरो तक्दिर , यसरी किन तर्कि रहेछ ;
आउदैनौ तिमी , तिमितिरनै यो मन फर्खि रहेछ ।

(1)
सुकोमल कोपिला प्रेमको , फक्रन लागेको बेला ;
निर्दयि बन्दै समय , मन्द विष छर्कि रहेछ ।

(2)
हिसाब के गर्नु र हिजोको , आजको दिनमा ;
जिन्दगी दिन्-प्रतिदिन , निशब्द घर्कि रहेछ ।
(3)
नरुनु आसुको मूल्य पानिझै बनेको बेला ;
साउनको बादल उनमत्त भै , दर्कि रहेछ ।

(4)
बेकार छ नटोलाउ , अतित्त सम्झेर
ए ! मित्र ;
जिवनको अन्तिम यात्राले हामिलाइ पर्खि रहेछ ।




(1)
लागछ रहेछ बाकि अझै मनभित्र तरलता ;
त्यसैले मलाई सन्देश यो , अरजेन्ट आयो ।

(2) शेरहरु ज- जसलाई लच्छित थिए ;
उनिहरुको रेसपोन्स केही परसेन्ट आयो ।
(3)
दैवी प्रकोप पस्छ , सधैं गरिबको घरमा ;
धनीको घरमा त्रिपाल आयो, टेन्ट आयो ।
(4)
धेरै गाडीहरु गुडे धुलाम्मे सडक भरी ;
हेर्नुस यसरी देशमा , डेभलपमेन्ट आयो ।

आनन्दबस्ति ललितपुर
बैशाख 26, 2075 साल











No comments:

Post a Comment