Pages

Thursday, May 23, 2019

मनै त हो , कसले कहाँ छुनछ, निमेशमै ;
सम्बन्ध चाहनाको बन्छ , बिग्रनछ निमेशमै ।
(1)
तत्व चाहनाका छन , परिवेशका गुलामझै ;
हिरा मोतिबाट काँचमा , झर्छ निमेशमै ।
(2)
सुगन्धित शीतल हवा , थियो
कुनै प्रहर ;
तातिएर अग्निझै हुन्कार भरछ निमेशमै ।
(3)
उस्तै हुँदा रहेनछन जिवनका हरेक पक्ष ;
उचाई खुसियालिको दुखमा खसछ निमेशमै ।
(4)
एउटै मुटु एउटै धडकनको नाता पनि हजुर ;
समयको परिवर्तनसगै टाडिनछ निमेषमै ।
बैशाख 23 सुर्खेत





No comments:

Post a Comment