Pages

Thursday, May 23, 2019

सम्बन्धको दुनियालाइ कि त आबाद नगर ;
आबाद भा,को हरियालि , त्यसै बर्बाद नगर ।
(1)
सक्छौ भने बिर्सि दिनु , विगतलाई पुरै ;
सपनामा पनि कहिल्यै , फेरी याद नगर ।
(2)
खेलौना त कहाँ हो र, दिल त मेरो हजुर ;
स्व-स्वार्थको कुतर्कले , ब्यर्थ विवाद नगर ।
(3)
भलाई अरुको गर्न , सक्दैनौ भने पनि तिमी ;
मुटु रेटी ज्युदै मार्ने , तुछ्य अपराध नगर ।
(4)
नचलाउ शब्दवाण ,मुटुभित्र च्वास्स गड्ने ;
सुनाउने नियत राखि , रुखो
सम्बाद नगर ।

जेठ 2 गते 2076 साल
बिरेन्द्रनगर , सुर्खेत













No comments:

Post a Comment