Pages

Thursday, May 23, 2019

मसङ मेरो तक्दिर , यसरी किन तर्कि रहेछ ;
आउदैनौ तिमी , तिमितिरनै यो मन फर्खि रहेछ ।

(1)
सुकोमल कोपिला प्रेमको , फक्रन लागेको बेला ;
निर्दयि बन्दै समय , मन्द विष छर्कि रहेछ ।

(2)
हिसाब के गर्नु र हिजोको , आजको दिनमा ;
जिन्दगी दिन्-प्रतिदिन , निशब्द घर्कि रहेछ ।
(3)
नरुनु आसुको मूल्य पानिझै बनेको बेला ;
साउनको बादल उनमत्त भै , दर्कि रहेछ ।

(4)
बेकार छ नटोलाउ , अतित्त सम्झेर
ए ! मित्र ;
जिवनको अन्तिम यात्राले हामिलाइ पर्खि रहेछ ।



No comments:

Post a Comment