Pages

Tuesday, April 16, 2019


गजल

 ऐजन ऐजनमा चली रहेछ यो  देश, ब्यहोरा अनुरोध छ ;
पानी पँधेरो जस्तो  भयो  बिदेश , ब्यहोरा अनुरोध छ ।

(१)
हाहाकार  छ चारैतिर सँरक्षकनै भक्षक भएका छन  ;
केही रहदैन कि जस्तो छ शेष,  ब्यहोरा अनुरोध छ ।

(२)
एउटै बाटोमा छन लामबध्द सबै दलका  , द्रब्य  पिचासहरु ;
अछुतो छैन स्थानियतह, सँध र प्रदेश, ब्यहोरा अनुरोध छ ।

(३)
लुट्चन   सिधा-साधा जनताहरुलाई,  पाए सरकारलाई पनि ;
यस्तो छ नेता र ठुला बडाको बिजनेस , ब्यहोरा अनुरोध छ ।

(४)
दिक्क लाग्छ ज्यानमारा,लुटेरा र  भस्ट्राचारिलाइ मान्नु पर्दा ;
यस्तो छ आम नेपाली जनताको सन्देश,  ब्यहोरा अनुरोध छ ।

आनन्दबस्ती , ललितपुर
बैशाख ४, २०७६ साल


No comments:

Post a Comment