Pages

Sunday, May 26, 2019

सबै नै काला रै ,छन , देखिने सेताहरू ;
बिक्रिमा राखेका छन , स्वदेशका जेथाहरु ।
(1)
विकाश गर्छु भन्छन्, आफै डकैति गर्ने ;
निर्धक्क चोरी गर्छन्, दरबार क्रेताहरु ;
(2)
गुमाए ज्यान जसले , बेनाम छन अहिले ;
कर्मका चोर लम्पट , भा,छन विजेताहरु ।
(3)
जिवन बिलासि रोज्ने, कमनिस्ट नेता बने ;
कुन मुखले हो बोल्ने , स्वराश्ट्र बिक्रेताहरु ।
(4)
उपदेश बाड्दै हिड्ने, उखान बोल्दै हिँड्ने ;
कामको नाममा शुन्य, यो देशका नेताहरु ।



No comments:

Post a Comment