Pages

Monday, March 4, 2019

गजल मधुर वचन तर मन शीला रहेछ ; मन, बचन बिच फासिला रहेछ । (१) भत्काउने बालुवाको महलझै सम्बन्ध; था,छैन कसको यो फैसला रहेछ । (२) फुटायौ प्रेमको मुर्ती आफैले कुँदेको ; मन निर्दयी र बहुमन्जिला रहेछ । (३) सिकिदै छ जिउने क्रममा धैरै हजुर ; सम्बन्ध त चाहनाको काफीला रहेछ । (४) भन्नु केही छैन दुनियाको रितै यस्तै ; जिवन त जिउनुको सिलसिला रहेछ । आनन्द बस्ति , ललितपुर २०७५-१२-१०

No comments:

Post a Comment