Pages

Monday, March 4, 2019

गजल आडम्बरी यो दुनिया , मलाई चाहिदैन; शान्त्वना र ओठे - माया, मलाई चाहिदैन । (1) सम्पतिको सुखशयल , बङला र गाडी ; दुई दिनको घाम छाया , मलाई चाहिदैन । (2) अवसरबादी हुने गर्छन चिप्लो घस्ने प्राय ; स्तुतिका हरप नया , मलाई चाहिदैन । (3) भित्रैदेखी उर्लिएको चाहनाको साटो ; भिख जस्तो तुच्छ दया , मलाई चाहिदैन । (4) मनमा के छ साँचो कुरा , प्रस्टै भनि दिनु ; अघि पछि दायाँ बायाँ, मलाई चाहिदैन । रचना: यज्ञ प्रसाद गिरी आननदबस्ती , ललितपुर मन्सिर : 14 गते 2075 साल

No comments:

Post a Comment