Pages

Thursday, March 21, 2019

कसैको बिदाई र स्वागत, मलाई के काम; निश्प्राण सँसारी दौलत, मलाई के काम। (१) तिमि छेनौ दुनिया उज्यालो छैन मेरो ; सुनौलो मौसम र फुर्सत, मलाई के काम । (२) आफैलाई ढाटेर बाच्ने कोशिश गरिन मैले ; मृत्युमा मनाईने उत्सव, मलाई के काम । (३) मुल प्रवाहबाट छुट्टीएर ,बाँच्नुको विकल्प पनि होलान मधुमेहको रोगि म गुलियो सर्बत, मलाई के काम । (४) चाहन्थे म सिङो जिन्दगी बाँच्न परिपुर्ण प्रेमले ; सिमित तोकिएको प्रेमको प्रतिशत मलाई के काम ।

No comments:

Post a Comment