Pages

Monday, March 4, 2019

गजल राम्रो हुन्थ्यो चिनाजानी, नभएको भए ; तिम्रो मेरो कुराकानी, नभएको भए । (१) पैलो भेटमै आफनो जस्तो लागी मनैदेखि ; राम्रो हुन्थ्यो पानी-पानी, नभएको भए । (२) समयले टाढा -टाढा बनाएकै थियो ; फेरी भेट जाना-जानी, नभएको भए । (३) सबै मान्छे एकै ठानी ब्यवहार गर्ने ; राम्रो हुन्थ्यो सरल बानी, नभएको भए । (४) जिवन मरुभुमी तुल्य, हुदैन्थ्यो होला ; कालान्तरले अर्कै सानी, नभएको भए । आनन्दबस्ती,ललितपुर २०७५-१२- २

No comments:

Post a Comment