Pages

Monday, March 4, 2019

गजल तिमी र तिम्रो सुन्दर वदन सम्झै ; पवित्र उज्यालो तिम्रो मन सम्झै । (१) जहिले-जहिले सुन्दर विगत सम्झै ; चाँदनी रातको स्निग्ध गगन सम्झै । (२) पवित्र सोचले बाँच्ने आदर्श तिम्रो ; जब-जब सम्झै झन-झन सम्झै । (३) प्रश्न जब उठ्यो हाम्रो सम्बन्धको ; मेरो मुटुभित्रको स्पन्दन सम्झै । (४) किन उदाश रहन्छ मन भनी खोज्दा ; मुटुभित्रको कसाव गहन सम्झै । आनन्दबस्ती , ललितपुर २०७५-११-२३

No comments:

Post a Comment