Pages

Thursday, March 8, 2018


गजल
बन्दुक चल्ने गरेका छन आजभोली ;
कति ज्युदै मरेका छन आजभोली ।
(१)
बदलिदै छन जिन्दगीका मानकहरु ;
मान्छे बिषले भरेका छन आजभोली ।
(२)
चौबिसै घण्टा द्रब्यकै पछाडी दौड छ ;
मान्छेहरु झर्नु झरेका छन आजभोली ।
(३)
अनैतिक कमाई डान्सबारमा खन्याइन्छ;
यिनै काममा बानी परेका छन आजभोली ।
(४)
जो चोर छ उसैको ठुलो श्वर छ यहाँ ;
चोरनै ठुला हुने गरेका छन आजभोली ।

यज्ञ प्रसाद गिरी
आनन्दबस्ती, ललितपुर
फागुन २५ गते, २०७४ साल


No comments:

Post a Comment