Pages

Tuesday, March 26, 2019

गजल उत्तेजना हराउँछ, सबै कुरा बुझेपछी ; कोहि किन कराउछ ? सबै कुरा बुझेपछी । (१) हिजो जे जे गरे पनि, आज उस्को बेगलै भाछ ; आफैसङग डराउछ, सबै कुरा बुझे पछी । (२) माटोभित्र बिलाउँदा, सारै सुन्दर देह पनि ; लोभ मोह हराउँछ, सबै कुरा बुझै पछी । (३) सतही छ रुप यौवन, ओईलाउने निमेषमै; मनलई मन पराउछ, सबै कुरा बुझेपछी । (४) हिजोसम्म नाश्तिक भै बाँच्ने मानिसहरु पनि; कृश्ण कृश्ण कराउछ, सबै कुरा बुझे पछी । यज्ञ प्रसाद गिरि आनन्द बस्ती , ललितपुर

No comments:

Post a Comment