गजल
सधैं लथालिङे भयो ताल जिम्दगीको ;
यस्तै भयो साथीहरु, हाल जिन्दगीको ।
(1)
सधैं सधैं खेर गयो , मेहनतको धन ;
खुट्याउनै गाह्रो पर्यो प्वाल,जीन्दगीको ।
(2)
मन थियो हेरी राखौ, बैभव प्रकृतिको ;
विधाताले राखनै बिर्स्यो झ्याल जिन्दगीको ।
(3)
बोक्रा मात्र भोगिएछ, बाँच्ने सिलसिलामा ;
कुन्नि कहाँ हराएछ , माल जिन्दगीको ।
(4)
आवरणमा देखेको छु , समाज सेवीहरु ;
सधैं भोका काढी राख्ने , र्याल जिन्दगीको ।
रचना: यज्ञ प्रसाद गिरी
पुस 17 गते 2075 साल
आनन्दबस्ती , ललितपुर
No comments:
Post a Comment