Pages

Thursday, April 4, 2019

राम सिता रामायण  र हनुमानका कुरा ;
पत्याउदै हामी बाँच्छौ अनमानका कुरा ।
(१)
यस्तो गर्छु, त्यसतो गर्छु भन्ने किन गर्छौ ?
हामिले,नि बुझेका छौ बेईमानका कुरा ।

(२)
निति तिम्रो हात थाप्ने सधै अरु सँग ;
कुन मुख गर्छौ तिमि स्वाभिमानका कुरा?
(३)
सुन्दा सुन्दा अति भयो कान पाकि सके ;
सधै सधै  हावा  गफ  र उखानका कुरा ।

(४)
समस्या नै समस्या छन हाम्रो चारैतिर ;
कहिले काँहि सोच्ने गर निदानका कुरा ।

हात्तिबन , चैत्र २२, २०७५ 

No comments:

Post a Comment