Pages

Sunday, February 16, 2020

हिजो देश बेच्नेहरु , राष्ट्रियताको कुरा गर्छौ ? आज नाता पोस्नेहरु , वरियताको कुरा गर्छौ ? (1) बिरताको भाषण पनि,न सुनेको कहाँ हो र ? हिजो पुच्छर सेप्नेहरु , बिरताको कुरा गर्छौ ? (2) मात्र नाटक गर्ने गर्छन, यहा भस्त्राचारीहरु ; तिमी फेरी शून्य सहन, शिलताको कुरा गर्छौ ? (3) मान्ने गर्छौ आफुलाई , अति कट्टर साम्यबादी ; दाशता नै अगालेर , समानताको कुरा गर्छौ ? (4) कुन श्रोतको सम्पतिले , प्राडो गाडी चडेका छौ ? समाजमा सम्पतिको , बैधताको कुरा गर्छौ ?

अब त आफ्नो जिन्दगी पनि, रंगीन अनि सेफ छ ; काठ्मण्डौमा , तालुको,नि सुन्दरी जिएफ छ । (1) बाल मतलब छैन , बूढो हात्ती भनुन की हजुरबाउ ; मुटुको हार्ड डिस्क्मा , छुच्चिको तस्बिर सेभ छ । (2) उमङको तरंगले तरङित भएको छ जिन्दगी ; छुच्चिको प्रेममा म छु , अर्थात उसको बीएफ छ । (3) रंगीन छ यात्रा , चिट्ठा परेझै सहयात्री पाउदा ; प्रकृतिको सुन्दर स्वरुप , खोच , बेसी र लेक छ । (4) दुईटा मुटु एउटै ढड्कन , समान छ जीवन दर्शन ; पवित्र सोचले बग्ने , जीवनको लक्ष्य एक छ । (5) यस्तो लाग्दैछ जीवनको ,उत्तरार्धको मिलन ; हामी दुबैको हातमा , स्वादिस्ट, तातो केक छ ।

आफ्नै बचनलाई , आफै उधारो बनायौ ; बाटो,नी खन्यौ , अनि तगारो बनायौ । (1) सुन त सुनै हौं , पित्तल म कसरी भनु ; मेरो मुल्याङ्कनलाई , अप्ठ्यारो बनायौ । (2) जिन्दगी सरल थियो , बाची रहेकै थिए ; माया दिएझै गर्यौ, झन गाह्रो बनायौ । (3) थाहै भएन कहानिर , कसरी चुक्न पुगे म ; सुस्त मुटु नजिक तान्यौ, र प्यारो बनायौ। (4) बिश्वासै लाग्दैन आजका , मिती सम्म पनि ; फुल जस्तो मुटु , यति सारो साह्रो बनायौ । (5) ठीकै थिए जबसम्म थिए, टाढा म तिमीदेखी ; पगाल्यौ मायाले , मलाई बिचारो बनायौ । रचना: यज्ञ प्रसाद गिरी माघ 18 गते, 2076 साल बिरेन्द्रनगर , सुर्खेत

Sunday, November 24, 2019



जब - जब उजाडियो , सुन्दर शहर मेरो ;
परायीको चासो बड्यो, बुझ्न खवर मेरो ।
(1)
बिर्सि छोडी गएकाले , नसम्झेकै राम्रो ;
ब्यर्थै किन कोट्याउनु ,मनको कहर मेरो ।
(2)
किन कुनै दोबाटो मा , छुटे सहयात्री ;
दोषारोपण गर्ने कुनै , छैन ठहर मेरो ।
(3)
गन्तव्य नै छैन भने , निरस हुन्छ यात्रा ;
कुहिरोको काग भयो , हरेक प्रहर मेरो ।
(4)
झलमल्ल फुल्नु तिमी , लटरम्म फल्नु ;
तिमी फुले सधैं भरी , फूल्छ रहर मेरो ।

रचना: यज्ञ प्रसाद गिरी
आनन्दबस्ती , ललितपुर
मङसिर 8 , 2076 साल




Thursday, November 21, 2019

कोही बोली बोली नथाक्ने , आफ्नै पारा छ ;
कोही एउटा शब्दै न फ्याक्ने , आफनै पारा छ ।
(1)
सबैले अरुकै कुरा काटेर , दिन काटेका छन ;
नेताहरु भस्त्राचारीनै चाट्ने ,आफनै पारा छ ।
(2)
राहुको भुमिकामा छन , देशका नेताहरु ;
बिनासित्ति विनाश डाक्ने, आफ्नै पारा छ ।
(3)
चोर , बलात्करी र भस्त्राचारीहरु छानी छानी ;
रास्त्रका प्रमुख पदहरुमा राख्ने , आफ्नै पारा छ ।
(4)
जो चोर उसकै ठूलो श्वर , सुनिने गरेकोे छ ;
अपराधीहरु नै ठुल्ठुलो पद ताक्ने आफ्नै पारा छ ।

रचना : यज्ञ प्रसाद गिरी
आनन्दबस्ती , ललितपुर
मङ्सिर 2, 2076 साल



सजिलै काट्नु छ भने ,धारिलो हथियार हुनु पर्छ ;
नाटक गर्न्,नि कुशक , कलाकार हुनु पर्छ ।

(1)
रातारात पैसा कमाउन पनि कहा सजिलो छ र?
नेतासग मित्रता र , कालो ब्यापार हुनु पर्छ ।

(2)
साधा जिवन , उच्च विचारमा बाच्न पनि गाह्रो छ ;
समझदार साथी र सन्तुलित , घरबार हुनु पर्छ ।

(3)
कुनै राष्ट्र को विकास , सजिलै कहा भएको छ र ?
राष्ट्रका अगुवाहरुको त्याग र उच्च , विचार हुनु पर्छ ।

(4)
किन फुट्दै छन पार्टी र लड्दै छन नेता आपसमा ?
त्यहा निश्चितनै द्रब्य प्राप्तिकै लागी, मारामार हुनु पर्छ ।

रचना: यज्ञ प्रसाद गिरी
आनन्दबस्ती , ललितपुर
मङ्सिर 3, 2076 साल





Wednesday, October 23, 2019

आज मैले बुझेको छु कमी जिन्दगीमा ;
कति बहुमूल्य भयौ , तिमी जिन्दगीमा ।
(1)
तिमी टाढा हुदाखेरी , पिरोलिने मन ;
कति नजिक बन्न पुग्यौ, हामी जिन्दगीमा ।
(2)
यस्तो लागछ साथ तिम्रो स्रोत आनन्दको ;
तिम्रो साथ सधैं लाग्ने , दामी जिन्दगीमा ।
(3)
बसन्तझै सधैं फुलोस यो सम्बन्ध हाम्रो ;
हुने छैन हाम्रो नाता बिरामी जिन्दगीमा ।
(4)
यो मित्रता , अघी बढोस ,
मेल ह्रदयको ;
स्नेहको नसा छामी , छामी जिन्दगीमा ।

रचना: यज्ञ प्रसाद गिरी
असोज 5 गते 2076 साल नगर
 1
सुर्खेत