Pages

Thursday, November 21, 2019

कोही बोली बोली नथाक्ने , आफ्नै पारा छ ;
कोही एउटा शब्दै न फ्याक्ने , आफनै पारा छ ।
(1)
सबैले अरुकै कुरा काटेर , दिन काटेका छन ;
नेताहरु भस्त्राचारीनै चाट्ने ,आफनै पारा छ ।
(2)
राहुको भुमिकामा छन , देशका नेताहरु ;
बिनासित्ति विनाश डाक्ने, आफ्नै पारा छ ।
(3)
चोर , बलात्करी र भस्त्राचारीहरु छानी छानी ;
रास्त्रका प्रमुख पदहरुमा राख्ने , आफ्नै पारा छ ।
(4)
जो चोर उसकै ठूलो श्वर , सुनिने गरेकोे छ ;
अपराधीहरु नै ठुल्ठुलो पद ताक्ने आफ्नै पारा छ ।

रचना : यज्ञ प्रसाद गिरी
आनन्दबस्ती , ललितपुर
मङ्सिर 2, 2076 साल



No comments:

Post a Comment