Pages

Sunday, November 24, 2019



जब - जब उजाडियो , सुन्दर शहर मेरो ;
परायीको चासो बड्यो, बुझ्न खवर मेरो ।
(1)
बिर्सि छोडी गएकाले , नसम्झेकै राम्रो ;
ब्यर्थै किन कोट्याउनु ,मनको कहर मेरो ।
(2)
किन कुनै दोबाटो मा , छुटे सहयात्री ;
दोषारोपण गर्ने कुनै , छैन ठहर मेरो ।
(3)
गन्तव्य नै छैन भने , निरस हुन्छ यात्रा ;
कुहिरोको काग भयो , हरेक प्रहर मेरो ।
(4)
झलमल्ल फुल्नु तिमी , लटरम्म फल्नु ;
तिमी फुले सधैं भरी , फूल्छ रहर मेरो ।

रचना: यज्ञ प्रसाद गिरी
आनन्दबस्ती , ललितपुर
मङसिर 8 , 2076 साल




No comments:

Post a Comment