Pages

Thursday, April 4, 2019

राम सिता रामायण  र हनुमानका कुरा ;
पत्याउदै हामी बाँच्छौ अनमानका कुरा ।
(१)
यस्तो गर्छु, त्यसतो गर्छु भन्ने किन गर्छौ ?
हामिले,नि बुझेका छौ बेईमानका कुरा ।

(२)
निति तिम्रो हात थाप्ने सधै अरु सँग ;
कुन मुख गर्छौ तिमि स्वाभिमानका कुरा?
(३)
सुन्दा सुन्दा अति भयो कान पाकि सके ;
सधै सधै  हावा  गफ  र उखानका कुरा ।

(४)
समस्या नै समस्या छन हाम्रो चारैतिर ;
कहिले काँहि सोच्ने गर निदानका कुरा ।

हात्तिबन , चैत्र २२, २०७५ 

Tuesday, March 26, 2019

गजल उत्तेजना हराउँछ, सबै कुरा बुझेपछी ; कोहि किन कराउछ ? सबै कुरा बुझेपछी । (१) हिजो जे जे गरे पनि, आज उस्को बेगलै भाछ ; आफैसङग डराउछ, सबै कुरा बुझे पछी । (२) माटोभित्र बिलाउँदा, सारै सुन्दर देह पनि ; लोभ मोह हराउँछ, सबै कुरा बुझै पछी । (३) सतही छ रुप यौवन, ओईलाउने निमेषमै; मनलई मन पराउछ, सबै कुरा बुझेपछी । (४) हिजोसम्म नाश्तिक भै बाँच्ने मानिसहरु पनि; कृश्ण कृश्ण कराउछ, सबै कुरा बुझे पछी । यज्ञ प्रसाद गिरि आनन्द बस्ती , ललितपुर

Thursday, March 21, 2019

कसैको बिदाई र स्वागत, मलाई के काम; निश्प्राण सँसारी दौलत, मलाई के काम। (१) तिमि छेनौ दुनिया उज्यालो छैन मेरो ; सुनौलो मौसम र फुर्सत, मलाई के काम । (२) आफैलाई ढाटेर बाच्ने कोशिश गरिन मैले ; मृत्युमा मनाईने उत्सव, मलाई के काम । (३) मुल प्रवाहबाट छुट्टीएर ,बाँच्नुको विकल्प पनि होलान मधुमेहको रोगि म गुलियो सर्बत, मलाई के काम । (४) चाहन्थे म सिङो जिन्दगी बाँच्न परिपुर्ण प्रेमले ; सिमित तोकिएको प्रेमको प्रतिशत मलाई के काम ।

Monday, March 4, 2019

गजल तिमी र तिम्रो सुन्दर वदन सम्झै ; पवित्र उज्यालो तिम्रो मन सम्झै । (१) जहिले-जहिले सुन्दर विगत सम्झै ; चाँदनी रातको स्निग्ध गगन सम्झै । (२) पवित्र सोचले बाँच्ने आदर्श तिम्रो ; जब-जब सम्झै झन-झन सम्झै । (३) प्रश्न जब उठ्यो हाम्रो सम्बन्धको ; मेरो मुटुभित्रको स्पन्दन सम्झै । (४) किन उदाश रहन्छ मन भनी खोज्दा ; मुटुभित्रको कसाव गहन सम्झै । आनन्दबस्ती , ललितपुर २०७५-११-२३
गजल आडम्बरी यो दुनिया , मलाई चाहिदैन; शान्त्वना र ओठे - माया, मलाई चाहिदैन । (1) सम्पतिको सुखशयल , बङला र गाडी ; दुई दिनको घाम छाया , मलाई चाहिदैन । (2) अवसरबादी हुने गर्छन चिप्लो घस्ने प्राय ; स्तुतिका हरप नया , मलाई चाहिदैन । (3) भित्रैदेखी उर्लिएको चाहनाको साटो ; भिख जस्तो तुच्छ दया , मलाई चाहिदैन । (4) मनमा के छ साँचो कुरा , प्रस्टै भनि दिनु ; अघि पछि दायाँ बायाँ, मलाई चाहिदैन । रचना: यज्ञ प्रसाद गिरी आननदबस्ती , ललितपुर मन्सिर : 14 गते 2075 साल
गजल सधैं लथालिङे भयो ताल जिम्दगीको ; यस्तै भयो साथीहरु, हाल जिन्दगीको । (1) सधैं सधैं खेर गयो , मेहनतको धन ; खुट्याउनै गाह्रो पर्यो प्वाल,जीन्दगीको । (2) मन थियो हेरी राखौ, बैभव प्रकृतिको ; विधाताले राखनै बिर्स्यो झ्याल जिन्दगीको । (3) बोक्रा मात्र भोगिएछ, बाँच्ने सिलसिलामा ; कुन्नि कहाँ हराएछ , माल जिन्दगीको । (4) आवरणमा देखेको छु , समाज सेवीहरु ; सधैं भोका काढी राख्ने , र्याल जिन्दगीको । रचना: यज्ञ प्रसाद गिरी पुस 17 गते 2075 साल आनन्दबस्ती , ललितपुर
गजल राम्रो हुन्थ्यो चिनाजानी, नभएको भए ; तिम्रो मेरो कुराकानी, नभएको भए । (१) पैलो भेटमै आफनो जस्तो लागी मनैदेखि ; राम्रो हुन्थ्यो पानी-पानी, नभएको भए । (२) समयले टाढा -टाढा बनाएकै थियो ; फेरी भेट जाना-जानी, नभएको भए । (३) सबै मान्छे एकै ठानी ब्यवहार गर्ने ; राम्रो हुन्थ्यो सरल बानी, नभएको भए । (४) जिवन मरुभुमी तुल्य, हुदैन्थ्यो होला ; कालान्तरले अर्कै सानी, नभएको भए । आनन्दबस्ती,ललितपुर २०७५-१२- २