Pages

Friday, August 23, 2019

घोलेर पिउने गरेकोे छु तनाव , रक्सीमा ;
चमत्कारपुर्ण शक्ति छ जनाव , रक्सीमा ।
(1)
पोखरीको पानी झै जब बन्छ जिन्दगानी ;
मनले खोजी गर्छ तिव्र वहाव, रक्सीमा ।
(2)
जति नै बदनाम गर , रक्सी आखिर रक्सी हो ;
चुम्बक झै हून्छ अनौठो , खिचाव रक्सीमा ।
(3)
सारा बन्धन तोडेर , जिवन स्वतन्त्र बनाउछ ;
बिलाएर जाने छ सब बदलाव, रक्सीमा ।
(4)
जिवन जब त्रस्त , पस्त र ग्रस्त बन्द्छ ;
पिउनुस मिलाएर अंग्रेजी शराब , रक्सीमा ।

रचना : यज्ञ प्रसाद गिरी
वीरेन्द्र नगर - 1, सुर्खेत
श्रावण 15 गते , 2076 साल



No comments:

Post a Comment