Pages

Saturday, August 31, 2019

के भनेर बोलाउनु , कान्छु तिमिलाइ ?
प्रियसी र देवी जस्तो , मान्छु तिमिलाई ।
(1
तिम्रो ठाउ अति उच्च , मेरो दुनियामा ;
मेरो मनको हरियाली , ठान्छु तिमी लाई ।
(2)
टाढा राख्न तिमिलाई , यो दुनिया देखी ;
मेरो आफ्नै दुनियामा , तान्छु तिमिलाई ।
(3)
हिजोसम्म खाली थियो , मेरो मनको ठाउ ;
ह्र्दयमा ठाउ दिन , लान्छु तिमिलाइ ।
(4)
चाहनाको आकर्षणले, पिरोलियो मुटु ;
पिरतिको झटारोले, हान्छु तिमिलाइ ।

भाद्र 14 , 2076 साल
आनन्दबस्ती , ललितपुर





No comments:

Post a Comment