Pages

Saturday, August 24, 2019

मानेर दिलकी देवी तिम्रो , पुजा म गर्छु , सुनन ;
फिदा म तिम्रो प्रेममा , म त तिमीमै मर्छु , सुनन ।
(1)
तिमी भेटियौ सौभाग्यले ,जिवनको यस मोडमा ;
अब तिमीसँगसँगै म अगाडी बड्छु, सुनन ।
(2)
तिमिलाई पाए निष्कपट , यस मतलबी दुनियामा ;
तिमिसँगै मायाको शिखर , म,नि चड्छु , सुनन ।
(3)
मेरो प्रेमको गहिराई यदि , बुझिनौ भने तिमीले ;
फुलको कोपिला झै ओइलाएर झर्छु , सुनन ।
(4)
तिमी मेरो दिलको सारै नजिक, यसरी बन्यौ ;
दिन रात , हरेक पल , म तिमितिरै, सर्छु सुनन ।

रचना: यज्ञ प्रसाद गिरी
भदौ 8 गते , 2076 साल
आनन्दबस्ती , ललितपुर









No comments:

Post a Comment