Pages

Friday, August 23, 2019

स्वस्थ्य तन , पवित्र सोच , खुलस्त मन,तिम्रो ;
स्नेह र भावयुक्त सुन्दर नयन , तिम्रो ।
(1)
उच - निच , छलछामदेखी कोशौ- कोश टाढा ;
त्यसमा पनि ह्रदय, झन कञ्चन , तिम्रो ।
(2)
हिमाली झरनाझै , पवित्र जिवन शैली ;
हास परिहासले झलमल्ल , बदन् तिम्रो ।
(3)
के उपमा दिउ घर्तीको , सुन्दर फूललाई ;
केश रासीसङ खेल्ने , मन्द पवन तिम्रो ।
(4)
आँखाबाट सुस्त पसि , मुटु कब्जा गर्ने ।
मानवताले ओतप्रोत बजुद महान , तिम्रो ।

रचना : यज्ञ प्रसाद गिरी
श्रावन 17 , 2076 साल
आनन्दद्बस्ति , ललितपुर





1 comment: