Pages

Saturday, August 31, 2019

अतीत मेरो लाग्दो हो, कहानी जस्तो ;
आसु पनि त लाग्दो हो , पानी जस्तो ।
(1)
सङ्धर्स र बिछोडमै बितेको छ ,जिवन ;
कहा भयो र जवानी पनि जवानी जस्तो ।
(2)
म त्यहीं छु अझै , जहा तिमीले छोडेर गयौ ;
सहयात्रा पनि त भैदियो , हैरानि जस्तो ।
(3)
आयु बढ्दै छ अनि घट्दै छ अवधि जिवनको ;
आखिर जिन्दगी पनि रहेछ खरानि जस्तो ।
(4)
हम्मे हम्मे हुन्छ अस्तित्त्व रक्षा गर्न जिवनको ;
जब चल्छ समयको कुचक्र , मदानी जस्तो ।

रचना : यज्ञ प्रसाद गिरी
भदौ 8 गते , 2076 साल
आनन्द बस्ती , ललितपुर



No comments:

Post a Comment