गजल
लुटी आफ्नै सम्पन्नता, कंगाल तुल्याउँछौ ;
जिन्दगीभर भर्मै-भ्रमको, पर्खाल ठड्याउँछौ ।
(१)
समाजलाई चिरा पार्दै, पार्छौ टुक्का-टुक्रा;
स्वार्थयुक्त राजनितिको, सञ्जाल फैलाउँछौ।
(२)
धनि-गरीब, ठुलो-सानो, जाती धर्म भन्दै ;
समाजलाई फुटाएर , बबाल मचाउँछौ ।
(३)
विकाशको मन्त्र जप्दै, विनाशतिर लाग्यौ;
आफैलाई जाक्न आफै , खाडल बनाउँछौ ।
(४)
मनभित्र द्रब्य लिप्सा , वासनाको भारी;
अरु सामु अध्यात्मको बिगुल बजाउँछौ ।
(५)
यो पाराले कहाँ हुन्छ ,उत्थान समाजको ?
आउने पिढिलाई पनि, चण्डाल बनाउँछौ ।
रचना: यज्ञ प्रसाद गिरी
आनन्दबस्ती, ललितपुर
मंसिर १८ गते, २०७१ साल
No comments:
Post a Comment