गजल
तिमीलाई दाँज्थें म त , आकाशको जुनसंग ;
तिमी भने साटिएछौ, केही किलो सुनसंग ।
(१)
भन्नलाई मात्र रै’छन, आदर्शका कुराहरु ;
जाँचिदो रहेछ मान्छे उस्मा भा’को गुनसंग ।
(२)
रुप यौवन क्षणिक छ , झरी जाने फूलसरी;
अस्तित्वको लडाई छ , हुरी र मन्सुनसंग ।
(३)
भोगाईले सिकायो कि ,जिउनुको यथार्तता;
मिथ्यामान अझै छ कि, घरानियाँ खुनसंग ।
(४)
सोची सम्झी बढाउनु, कर्तब्यका कदमहरु ;
न्याय गर्न जान्नु पर्छ, स्वदेशको नुनसंग ।
रचना : यज्ञ प्रसाद गिरि
आनन्दबस्ती, ललितपुर
माघ १८, २०७० साल
No comments:
Post a Comment