Pages

Saturday, October 26, 2013

गजल १६६ बाँचिदै छ जीवन, किस्ता-किस्तामा ; सकिदै छ यौवन, किस्ता-किस्तामा । (१) हिजो, आज, भोलीमा’नि फरक भो; मायाको’नि मिसन, किस्ता-किस्तामा। (२) घटेर जादै छ फेरिदा, मापदण्डहरु ; मायाको’नि वजन, किस्ता-किस्तामा । (३) हरायो आपसी सौहाद्रता समयसंगै ? युगौदेखिको चलन्, किस्ता-किस्तामा। (४) शंकटमा छ प्राण, स्वच्छ राजनितिको ; भोगी रहेछ मरण्, किस्ता-किस्तामा । (५) भष्ट्र भए, देशका अगुवा भनाउँदाहरु ; उघ्री रहेछ आवरण्, किस्ता-किस्तामा । रचना: यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर भाद्र ५ गते, २०७० साल

No comments:

Post a Comment