Pages

Saturday, October 26, 2013

<गजल १६३ अब त दुनियामा कसैको’नि, आश लाग्दैन; साच्चै अब त दैवको’नि, बिश्वाश लाग्दैन। (१) सबै ब्यवहारहरु स्वार्थले प्रेरित, हुने भएपछी; अब त कसैको बिश्वासघात’नि, खास लाग्दैन । (२) झोसी सकेको छु मुटु मेरो, मायाको भट्टीमा ; जिन्दगीको कुनै क्षण’नि, मधुमास लाग्दैन । (३) चोरलाई चौतारी बनाउने हाम्रो, यो समाजमा ; हुने गर्छ कि कतै न्यायको’नि, बास लाग्दैन । (४) दिनचर्यामै बितृष्णाको लहर सामिल भएपछी; तथाकथित तिम्रो साथ’नि, अभिशाप लाग्दैन । (५) जिन्दगीभर तरबारको धारमा, हिडेको मान्छे ; कुटिलतालेपुर्ण तिम्रो चाल’नि, धराप लाग्दैन । रचना: यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर साउन २८ गते, २०७० साल

No comments:

Post a Comment