Pages

Saturday, October 26, 2013

गजल १६७ सुन्दर यो ऋतु र उपवन, तिम्रो लागी; छ शितल जुन र गगन, तिम्रो लागी । (१) कल्पदै सुन्दर दिनहरु मिलनका ; प्रतिक्षारत छ यो मन, तिम्रोलागी । (२) मन भो अधैर्य भेटुझै कहिले कहाँ ; साँचेको छु उही गन्थन, तिम्रोलागी। (३) कति बसन्त फुले अनि फुलेर झरे ; पिडा मुटुमा गढ्यो गहन, तिम्रो लागी । (४) लाग्दैन रमाईलो कतै’नि, तिमी बिना ; मात्र तड्पी रहेछ जिवन, तिम्रो लागी । (५) हरायौ कुन कुनामा धरतिको तिमी ; जली रहेछ मुटु दन्दन, तिम्रोलागी । रचना: यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर भाद्र ६ गते, २०७० साल

No comments:

Post a Comment