Pages

Saturday, October 26, 2013

गजल १६८ चाहना किन हो यसरी , सजिलै विव्हल हुन्छ ; मात्र भ्रममा पर्दा’नि, ब्यर्थै कायल हुन्छ । (१) भन्नलाई त युगौ-युगको, अजम्मरी नाता; क्षण्-क्षण् मै शंका जन्मिन्छ र फायल हुन्छ । (२) हुदो रहेछ सारै नाजुक यो प्रेमको सम्बन्ध ; अनायासै कुरै-कुरामा पनि यो घायल हुन्छ। (३) दया र घृणाको बिचको अस्थिर सन्तुलन यो; फुटेको सिसा र कहिले फुटेको टायल हुन्छ । (४) कति सजिलै हुन्छ, सम्बन्ध बिच्छेदको घोषणा; काठमाण्डौ कहिले त क्षणभरमै ईजरायल हुन्छ । (५) चाहनाको भविष्य’नि सारै अनिश्चित भो हजुर ! मिटरको सामिप्य’नि क्षणभरमै माईल हुन्छ। रचना: यज्ञ प्रसाद गिरी थाईलेण्ड, एयरपोर्ट, बैंकक सेप्टेम्बर ३, २०१३

No comments:

Post a Comment