Pages

Saturday, October 26, 2013

गजल १७० राष्ट्रलाई माया गर्ने मनहरु परदेश छन्; राष्ट्रघाति निकृष्ट दलालहरु देशमा छन । (१) नकाबधारीको बोलबाला बड्दै छ सबैतिर; बिखण्डनकारीहरु नै नाईकेको भेषमा छन। (२) एकताको प्रतिक बन्छन समाज फुटाउनेहरु; दलका नेता कसैको जागिर बिशेषमा छन। (३) आगो सल्काउनेहरु मेलमिलापका कुरा गर्छन; जनताहरु सधै बेदना,चिन्ता र क्लेशमा छन । (४) अब्यवस्था तथा अराजकता ब्याप्त छ देशमा; मन्त्रीहरु भ्रमणको मजा लिदै बिदेशमा छन्। (५) कानै पाकी सक्यो सुन्दा –सुन्दा थोत्रा नाराहरु; मतका ब्यापारी आउने चुनावको जोशमा छन । रचना: यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर आश्विन १४ गते, २०७० साल

No comments:

Post a Comment