Monday, March 4, 2019
गजल
आडम्बरी यो दुनिया , मलाई चाहिदैन;
शान्त्वना र ओठे - माया, मलाई चाहिदैन ।
(1)
सम्पतिको सुखशयल , बङला र गाडी ;
दुई दिनको घाम छाया , मलाई चाहिदैन ।
(2)
अवसरबादी हुने गर्छन चिप्लो घस्ने प्राय ;
स्तुतिका हरप नया , मलाई चाहिदैन ।
(3)
भित्रैदेखी उर्लिएको चाहनाको साटो ;
भिख जस्तो तुच्छ दया , मलाई चाहिदैन ।
(4)
मनमा के छ साँचो कुरा , प्रस्टै भनि दिनु ;
अघि पछि दायाँ बायाँ, मलाई चाहिदैन ।
रचना: यज्ञ प्रसाद गिरी
आननदबस्ती , ललितपुर
मन्सिर : 14 गते 2075 साल
गजल
सधैं लथालिङे भयो ताल जिम्दगीको ;
यस्तै भयो साथीहरु, हाल जिन्दगीको ।
(1)
सधैं सधैं खेर गयो , मेहनतको धन ;
खुट्याउनै गाह्रो पर्यो प्वाल,जीन्दगीको ।
(2)
मन थियो हेरी राखौ, बैभव प्रकृतिको ;
विधाताले राखनै बिर्स्यो झ्याल जिन्दगीको ।
(3)
बोक्रा मात्र भोगिएछ, बाँच्ने सिलसिलामा ;
कुन्नि कहाँ हराएछ , माल जिन्दगीको ।
(4)
आवरणमा देखेको छु , समाज सेवीहरु ;
सधैं भोका काढी राख्ने , र्याल जिन्दगीको ।
रचना: यज्ञ प्रसाद गिरी
पुस 17 गते 2075 साल
आनन्दबस्ती , ललितपुर
गजल
राम्रो हुन्थ्यो चिनाजानी, नभएको भए ;
तिम्रो मेरो कुराकानी, नभएको भए ।
(१)
पैलो भेटमै आफनो जस्तो लागी मनैदेखि ;
राम्रो हुन्थ्यो पानी-पानी, नभएको भए ।
(२)
समयले टाढा -टाढा बनाएकै थियो ;
फेरी भेट जाना-जानी, नभएको भए ।
(३)
सबै मान्छे एकै ठानी ब्यवहार गर्ने ;
राम्रो हुन्थ्यो सरल बानी, नभएको भए ।
(४)
जिवन मरुभुमी तुल्य, हुदैन्थ्यो होला ;
कालान्तरले अर्कै सानी, नभएको भए ।
आनन्दबस्ती,ललितपुर
२०७५-१२- २
गजल
मधुर वचन तर मन शीला रहेछ ;
मन, बचन बिच फासिला रहेछ ।
(१)
भत्काउने बालुवाको महलझै सम्बन्ध;
था,छैन कसको यो फैसला रहेछ ।
(२)
फुटायौ प्रेमको मुर्ती आफैले कुँदेको ;
मन निर्दयी र बहुमन्जिला रहेछ ।
(३)
सिकिदै छ जिउने क्रममा धैरै हजुर ;
सम्बन्ध त चाहनाको काफीला रहेछ ।
(४)
भन्नु केही छैन दुनियाको रितै यस्तै ;
जिवन त जिउनुको सिलसिला रहेछ ।
आनन्द बस्ति , ललितपुर
२०७५-१२-१०
Thursday, March 8, 2018
गजल
बन्दुक चल्ने गरेका छन आजभोली ;
कति ज्युदै मरेका छन आजभोली ।
(१)
बदलिदै छन जिन्दगीका मानकहरु ;
मान्छे बिषले भरेका छन आजभोली ।
(२)
चौबिसै घण्टा द्रब्यकै पछाडी दौड छ ;
मान्छेहरु झर्नु झरेका छन आजभोली ।
(३)
अनैतिक कमाई डान्सबारमा खन्याइन्छ;
यिनै काममा बानी परेका छन आजभोली ।
(४)
जो चोर छ उसैको ठुलो श्वर छ यहाँ ;
चोरनै ठुला हुने गरेका छन आजभोली ।
यज्ञ प्रसाद गिरी
आनन्दबस्ती, ललितपुर
फागुन २५ गते, २०७४ साल
गजल
दुश्मनका गोडा समाउनेहरु छन ;
देशलाई लुछेर रमाउनेहरु छन ।
(१)
के गर्दैन मान्छे स्वार्थपुर्तिको लागि ?
आफैलाई बेचेर कमाउनेहरु छन ।
(२)
समानताको भाषण फलाक्नेहरुनै ;
विभेदको पर्खाल लगाउनेहरु छन ।
(३)
राज्य सँयन्त्र चलाउने अदृश्य शक्ति ;
नजराना लिने र थमाउनेहरु छन ।
(४)
सानो द्रब्यपिचासको समुह हावी छ;
सबैजसो होमा हो मिलाउनेहरु छन।
यज्ञ प्रसाद गिरी
आनन्दबस्ती, ललितपुर
फागुन २५ गते, २०७४ साल
Monday, January 22, 2018
गजल
पुजा, पेशा, संस्कृति, र देशको माटो ;
जीवन ,कृषि प्रकृति, यो देशको
माटो ।
(१)
सधै श्वाशत छ जन्म देखि मृत्युसम्म ;
संस्कृति, प्रकृति, खेती, र
देशको माटो ।
(२)
सम्झदै बढेका छन कदम सही बाटोमा ;
महाकाली, कर्णाली, सेती र देशको माटो ।
(३)
बैभव जैविक-विविधताको उपयोग गरौ ;
जरी-बुटि,जल-जलाशय र देशको माटो ।
(४)
अनुसन्धान दिगो उपयोगमा केन्दित गरौ;
तराई, हिमाल,पहाड,बेशी र देशको माटो ।
रचना: यज्ञ प्रसाद गिरी
आनन्दबस्ती, ललितपुर
माघ ८, २०७४ साल
Subscribe to:
Posts (Atom)