Pages

Monday, April 8, 2019

घोडा त छ सरकारसँग गतिलो लगाम छैन;
भन्नुस त कुन बाटोको दोबाटोमा जाम छैन ।
(१)
नियम र विनियम छन कार्यान्वयन छदै छैन ;
जिम्मेवारी तोकिएको हाकिमकै काम छैन।
(२)
लट्टै लट्टा कपाल भो , भष्ट्राचारको फोहरले ;
सफा गर्ने  अख्तियारी दिएको  हजाम छैन ।
(३)
तै चुप, मै चुप आपसमा मिलाउन सके भने ;
भरपर्दो नेताजीको विश्वासिलो नाम छैन ।
(४)
अन्याय र  अँध्यारोले ढाकेको छ देश सारा ;
अँध्यारोलाई चिर्न सक्ने उदाँउदो घाम छैन ।





No comments:

Post a Comment