Pages

Monday, April 8, 2019

मनबाट आ,को कुरा रोक्न मन पर्दैन ;
हुदै न,भाको कुरा , खोक्न मन पर्दैन ।
(१)
दल होस या ब्यक्ति कुनै , बिक्दै गएपछी ;
दुर्गन्धित कुहेको सिनो ,बोक्न मन पर्दैन ।
(२)
अरब- अरब कुम्ल्यर समाज बादी बन्नेले;
हिजोआज पढा,को पाठ, घोक्न मन पर्दैन ।
(३)
सुबिधाको कसौटीमा राखी हेरि सकेपछी;
बारम्बार मानिसलाई जोख्न मन पर्दैन ।
(४)
टाढैबाट नमस्ते छ उखाने र बखानेलाई ;
बिषधारी कृतध्नलाई , पोस्न मन पर्दैन ।

No comments:

Post a Comment