Pages

Monday, April 8, 2019

था,छैन कहिले परिणाम आउछ ?
काम भन्दा पहिले उखान आउछ ।
(१)
सुन्नै पाईदैन विशेषज्ञहरुको विवेचना ;
एकाएक लाउकेहरुको उखान आउछ ।
(२)
भाषण र आसनमा अलझेको छ नेतृत्व ;
न मेट्रि आउछ न जलयान आउछ ।
(३)
एक पटक गुमेपछी असम्भव छ फर्किन ;
न ज्यान आउछ न स्वाभिमान आउछ ।
(४)
शैतानहरुको बथानलाई मास्न सक्नु पर्छ ;
फेरि नेपालिको शान र स्वाभीमान आउछ ।


No comments:

Post a Comment