Monday, March 4, 2019
गजल
मधुर वचन तर मन शीला रहेछ ;
मन, बचन बिच फासिला रहेछ ।
(१)
भत्काउने बालुवाको महलझै सम्बन्ध;
था,छैन कसको यो फैसला रहेछ ।
(२)
फुटायौ प्रेमको मुर्ती आफैले कुँदेको ;
मन निर्दयी र बहुमन्जिला रहेछ ।
(३)
सिकिदै छ जिउने क्रममा धैरै हजुर ;
सम्बन्ध त चाहनाको काफीला रहेछ ।
(४)
भन्नु केही छैन दुनियाको रितै यस्तै ;
जिवन त जिउनुको सिलसिला रहेछ ।
आनन्द बस्ति , ललितपुर
२०७५-१२-१०
Thursday, March 8, 2018
गजल
बन्दुक चल्ने गरेका छन आजभोली ;
कति ज्युदै मरेका छन आजभोली ।
(१)
बदलिदै छन जिन्दगीका मानकहरु ;
मान्छे बिषले भरेका छन आजभोली ।
(२)
चौबिसै घण्टा द्रब्यकै पछाडी दौड छ ;
मान्छेहरु झर्नु झरेका छन आजभोली ।
(३)
अनैतिक कमाई डान्सबारमा खन्याइन्छ;
यिनै काममा बानी परेका छन आजभोली ।
(४)
जो चोर छ उसैको ठुलो श्वर छ यहाँ ;
चोरनै ठुला हुने गरेका छन आजभोली ।
यज्ञ प्रसाद गिरी
आनन्दबस्ती, ललितपुर
फागुन २५ गते, २०७४ साल
गजल
दुश्मनका गोडा समाउनेहरु छन ;
देशलाई लुछेर रमाउनेहरु छन ।
(१)
के गर्दैन मान्छे स्वार्थपुर्तिको लागि ?
आफैलाई बेचेर कमाउनेहरु छन ।
(२)
समानताको भाषण फलाक्नेहरुनै ;
विभेदको पर्खाल लगाउनेहरु छन ।
(३)
राज्य सँयन्त्र चलाउने अदृश्य शक्ति ;
नजराना लिने र थमाउनेहरु छन ।
(४)
सानो द्रब्यपिचासको समुह हावी छ;
सबैजसो होमा हो मिलाउनेहरु छन।
यज्ञ प्रसाद गिरी
आनन्दबस्ती, ललितपुर
फागुन २५ गते, २०७४ साल
Monday, January 22, 2018
गजल
पुजा, पेशा, संस्कृति, र देशको माटो ;
जीवन ,कृषि प्रकृति, यो देशको
माटो ।
(१)
सधै श्वाशत छ जन्म देखि मृत्युसम्म ;
संस्कृति, प्रकृति, खेती, र
देशको माटो ।
(२)
सम्झदै बढेका छन कदम सही बाटोमा ;
महाकाली, कर्णाली, सेती र देशको माटो ।
(३)
बैभव जैविक-विविधताको उपयोग गरौ ;
जरी-बुटि,जल-जलाशय र देशको माटो ।
(४)
अनुसन्धान दिगो उपयोगमा केन्दित गरौ;
तराई, हिमाल,पहाड,बेशी र देशको माटो ।
रचना: यज्ञ प्रसाद गिरी
आनन्दबस्ती, ललितपुर
माघ ८, २०७४ साल
Saturday, December 30, 2017
गजल
सोचेझै भयो बैज्ञानिक चलखेल धुलिखेलमा ;
तीनपुस्ते किटबिज्ञको भयो मेल, धुलिखेलमा
।
(१)
ठिक्कै राखिएको रहेछ नाम त्यस ठाँउको
हजुर ;
ब्याप्त थियो धुलोको ठेलमठेल , धुलिखेलमा ।
(२)
बिज्ञानका मुद्दामा घम्साघम्सी स्वाभिकै थियो ;
सुस्ताय एन.टी. सी. र एन. सेल धुलिखेलमा ।
(३)
जिवन्त बन्यो प्राविधिक बहस, प्रा:य दिनैभरी ;
साँझमा रन्कियो राष्टिय झोल, धुलिखेलमा ।
(४)
किसिम धेरै देख्न पाईयो किराझै, नाचका पनि ;
पुतली,कछुवा, हात्ती र बँदेल , धुलिखेलमा ।
(५)
राष्ट्र उत्थान कृषिको माध्ययमले हुन्छ भन्दै;
कुर्लिए गिरि, पनेरु र पोखरेल, धुलिखेलमा ।
यज्ञ प्रसाद गिरी
आनन्दबस्ती, ललितपुर
पुस १४ गते, २०७४ साल
Tuesday, December 12, 2017
गजल
निधारमा
टिका र गलामा छ हार कसैको ;
चारैतिर
जता’नि छ हारै-हार , कसैको ।
(१)
चमत्कार
र बिकाशका कुरा छन एकातिर;
गरिबीले
बिमार पुरै छ परिवार, कसैको ।
(२)
पालमुनि
हिउद कटाउने चिन्ता छ एकातिर;
भित्रभित्रै
तातिएको मतको छ बजार, कसैको ।
(३)
छानिए
जनताका तथाकथित, सेवकहरु कतै;
सेवाको
खोलमा मेवाको छ ब्यापार, कसैको ।
(४)
छ्यापछ्याप्ति
भएका छन, छट्टुहरुको बथान ;
आतुर
छन लुट्न जिन्दगीको आधार, कसैको ।
रचना:
यज्ञ प्रसाद गिरी
अनन्दबस्ती
ललितपुर
मंसिर २६ गते, २०७४ साल
Monday, December 11, 2017
गजल
एकातिर बन्दुक, अर्कोतिर बम, बुझ्ने कोशिश गर;
तौल कहिले बेसी, कहिले कम, बुझ्ने कोशिश गर ।
(१)
सुख-दुख, उकालो-ओरालो , दुई पाटा जिन्दगीका ;
यो त चली रहन्छ हरदम, बुझ्ने
कोशिश गर ।
(२)
था’छैन कुन मोडमा, के हुन्छ जिन्दगीमा ;
कहाँ पर्दैछन हाम्रा कदम, बुझ्ने
कोशिश गर ।
(३)
अघी बढी रहन्छ समय , युगौ-युग निरन्तर ;
बन्छ सरल कहिले निर्मम, बुझ्ने
कोशिश गर ।
(४)
उज्यालो प्रेमको , ह्रदयमा बचाई राख्नु प्रिय ;
जिउने यही मार्ग छ उत्तम, बुझ्ने
कोशिश गर ।
रचना: यज्ञ प्रसाद गिरी
आनन्दबस्ती, ललितपुर
२०७४ साल, मंसिर २६ गते
Subscribe to:
Posts (Atom)