गजल
सोचेझै भयो बैज्ञानिक चलखेल धुलिखेलमा ;
तीनपुस्ते किटबिज्ञको भयो मेल, धुलिखेलमा
।
(१)
ठिक्कै राखिएको रहेछ नाम त्यस ठाँउको
हजुर ;
ब्याप्त थियो धुलोको ठेलमठेल , धुलिखेलमा ।
(२)
बिज्ञानका मुद्दामा घम्साघम्सी स्वाभिकै थियो ;
सुस्ताय एन.टी. सी. र एन. सेल धुलिखेलमा ।
(३)
जिवन्त बन्यो प्राविधिक बहस, प्रा:य दिनैभरी ;
साँझमा रन्कियो राष्टिय झोल, धुलिखेलमा ।
(४)
किसिम धेरै देख्न पाईयो किराझै, नाचका पनि ;
पुतली,कछुवा, हात्ती र बँदेल , धुलिखेलमा ।
(५)
राष्ट्र उत्थान कृषिको माध्ययमले हुन्छ भन्दै;
कुर्लिए गिरि, पनेरु र पोखरेल, धुलिखेलमा ।
यज्ञ प्रसाद गिरी
आनन्दबस्ती, ललितपुर
पुस १४ गते, २०७४ साल
No comments:
Post a Comment