Pages

Tuesday, December 12, 2017

गजल
निधारमा टिका र गलामा छ हार कसैको ;
चारैतिर जता’नि छ हारै-हार , कसैको ।
(१)
चमत्कार र बिकाशका कुरा छन एकातिर;
गरिबीले बिमार पुरै छ परिवार, कसैको ।
(२)
पालमुनि हिउद  कटाउने चिन्ता छ एकातिर;
भित्रभित्रै तातिएको मतको छ बजार, कसैको ।
(३)
छानिए  जनताका तथाकथित, सेवकहरु कतै;
सेवाको खोलमा मेवाको छ ब्यापार, कसैको  ।
(४)
छ्यापछ्याप्ति भएका छन, छट्टुहरुको बथान ;
आतुर छन लुट्न जिन्दगीको आधार, कसैको ।

रचना: यज्ञ प्रसाद गिरी
अनन्दबस्ती ललितपुर

मंसिर २६ गते, २०७४ साल

No comments:

Post a Comment