Pages

Wednesday, July 5, 2017

<गजल छुट्टिएर तिमीसंग, बाँच्नै गाह्रो भा'छ ; सुस्त-सुस्त दुखाईको, मात प्यारो भा'छ ; (१) भनुँ भने के भनुँ खै, भन्न चाँहदैन ; आज तिम्रो उपेक्षाले, मन अध्याँरो भा'छ । (२) फूल जस्तो रुप थियो, नौनी जस्तो मन ; ढुग्ङा जस्तो किन होला, सारै साह्रो भा'छ । (३) हराएछु जिन्दगीको , सुनामीमा परी; हिजो भन्दा आज खुसी, झन उधारो भा'छ । (४) कहाँ लगी घोप्ट्याउनु, ब्यथित मन मेरो ; गजल मेरो पीर पोख्ने, ढुग्ङे धारो भा'छ । यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर २०७१ साल श्रावण, २७ गते

Monday, June 26, 2017

तिमी छौ र त यो शहर सुन्दर लाग्छ ; तिमी छौ र त यो घर मन्दिर लाग्छ । (१) लाग्दैन केही’नि ठुलो यो दुनियामा ; तिम्रो मायानै, श्रेष्ठताको शिर लाग्छ । (२) मन तिम्रो उदार र ऊच्च सोचको धनि ; सुन्दर र स्वस्थय, तिम्रो शरिर लाग्छ । (३) के के लाग्छ, सक्दैन भन्न, किमार्थ म; माया भने तिम्रो कसम, गम्भिर लाग्छ। (४) साथ तिम्रो नपाउँदा, जिन्दगीको सफरमा; सम्मो बाटो’नि, अनकन्टार भिर लाग्छ । रचना : यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर बैशाख ३ गते बिहीबार, २०७२ साल

Sunday, June 25, 2017

गजल आफैलाई नचिन्नेले , पहिचानका कुरा गर्यौ। ; राष्ट्रघाती लुटेराको, गुणगानका कुरा गर्यौौ । (१) कुरा गर्यौु, कुरै गर्यौय , कुरै-कुरा मात्र गर्यौौ; अरुकै श्रम खानेले , स्वाभिमानका कुरा गर्यौु । (२) कुरा एउटा काम अर्कै, मनमा पाप लुकाएर ; राष्ट्रभक्ति , आदर्श र, बलिदानका कुरा गर्यौ । (३) चरण छुन्छौ बिदेशीको, सत्ता प्राप्त हुने भए ; नेपाल र नेपालीको कुन, शानको कुरा गर्यौ ? (४) मठ- मन्दिर देखाउँछौ, पुजा- पाठ सिकाउँछौ ; लालसाले ग्रस्त हुदै, कुन ध्यानको कुरा गर्यौ ? (५) अत्याचारी, भष्ट्राचारी, भनी चिन्छ समाजले ; लाज घिन पचाएर, अभियानको कुरा गर्यौ । रचना: यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर फागुन २८ गते, २०७१ साल
गजल फेरेझै भित्ते पात्रो, माया फेरिदो रै’छ; केरेझै प्रेमपत्र, बाचा केरिदो रै’छ । (१) आगो बलेकै रोज्यौ, तिम्ले पनि अरुझै ; दुखी भै बाच्नु पर्दा, बाटो मोडिदो रै’छ। (२) बद्ली रहेछ मान्छे, बद्ली रहेछ माया ; नाफा भयो भएन, गणना गरिदो रै’छ । (३) भन्नु त केही छैन, संसारको चलन् यो ; मान्नु छ तितो सत्य, तर मन् कुडिदो रै’छ। (४) अलपत्र जिन्दगी भो, एक्लो भएर बाँच्दा ; यात्रा तिमी बिनाको, खल्लो पो लाग्दो रै’छ। रचना: यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर कार्तिक २८ गते, २०७०

Friday, June 16, 2017

गजल सबै फले-फुलेका छन, राजनितिमा ; प्राय: सडे-गलेका छन राजनितिमा । (१) राजनिति सेवा भएन, पेशा बन्यो; मै हुँ भन्ने ढलेका छन राजनितिमा। (२) निर्धक्क भै भष्ट्राचार गर्छन नेताहरु ; यस्तै चलन चलेका छन राजनितिमा । (३) बांकी के छ ? न्याय पनि बिके पछी; न्यायालय दलझै बनेका छन राजनितिमा। (४) ज्यानको बदलामा पाएको यस्तो तन्त्र ; सोझाले हात मलेका छन राजनितिमा । रचना: यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर असार २ गते, २०७४ साल

Friday, February 17, 2017

गजल भन्दै छ केहि न केही त सिक मलेशिया; महाथिरले सिगारेको आधुनिक मलेशिया । (१) प्राकृतिक श्रोतको दिगो उपयोगिताको मानक ; विकाशको बाटोमा अग्रसर जैविक मलेशिया। (२) पर्यटन, प्रतिष्ठा र ब्यापारको कुशल संयोजन; सुन्दर , प्रकृतिमैत्री र बौद्धिक छ मलेशिया । (३) विविध धर्म र जाति एउटै थलो भएता पनि ; राष्ट्रियताको सवालमा सधै एक छ मलेशिया । (४) छन त छन दर्जनौ दल र नेताहरु हाम्रा पनि ; काममा न्युनतम नेपाल, अत्यधिक मलेशिया । रचना: यज्ञ प्रसाद गिरी क्वालालुम्पुर, मलेशिया फागुन १७ गते, २०७३ साल
गजल जैविक विविधता अपार छ एशियामा ; श्रोत र साधनको भण्डार छ एशियामा । (१) भाषा, धर्म, संस्कृतिको उद्गम खोज्दै जाँदा, प्राचिनतम बलियो आधार छ एशियामा । (२) किन गरिब हुदै छौ, दिनप्रतिदिन हामीहरु ? राजनितिको धृणित ब्यापार छ एशियामा । (३) माल पाएर चाल नपाउने,हुस्सु बन्नु परेको छ ; शोषक र शोषितहरुको ससार छ एशियामा । (४) कस्तुरीको खोजीमा भौतारिने मृगझै छौ हामी ; विशाल ,कृत्रिम र अनौठो विकार छ एशियामा । रचना: यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर फागुन ७ गते, २०७३ साल