गजल
फेरेझै भित्ते पात्रो, माया फेरिदो रै’छ;
केरेझै प्रेमपत्र, बाचा केरिदो रै’छ ।
(१) आगो बलेकै रोज्यौ, तिम्ले पनि अरुझै ;
दुखी भै बाच्नु पर्दा, बाटो मोडिदो रै’छ।
(२) बद्ली रहेछ मान्छे, बद्ली रहेछ माया ;
नाफा भयो भएन, गणना गरिदो रै’छ ।
(३) भन्नु त केही छैन, संसारको चलन् यो ;
मान्नु छ तितो सत्य, तर मन् कुडिदो रै’छ।
(४) अलपत्र जिन्दगी भो, एक्लो भएर बाँच्दा ;
यात्रा तिमी बिनाको, खल्लो पो लाग्दो रै’छ।
रचना: यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर
कार्तिक २८ गते, २०७०
No comments:
Post a Comment