Pages

Monday, June 26, 2017

तिमी छौ र त यो शहर सुन्दर लाग्छ ; तिमी छौ र त यो घर मन्दिर लाग्छ । (१) लाग्दैन केही’नि ठुलो यो दुनियामा ; तिम्रो मायानै, श्रेष्ठताको शिर लाग्छ । (२) मन तिम्रो उदार र ऊच्च सोचको धनि ; सुन्दर र स्वस्थय, तिम्रो शरिर लाग्छ । (३) के के लाग्छ, सक्दैन भन्न, किमार्थ म; माया भने तिम्रो कसम, गम्भिर लाग्छ। (४) साथ तिम्रो नपाउँदा, जिन्दगीको सफरमा; सम्मो बाटो’नि, अनकन्टार भिर लाग्छ । रचना : यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर बैशाख ३ गते बिहीबार, २०७२ साल

No comments:

Post a Comment