Pages

Friday, June 16, 2017

गजल सबै फले-फुलेका छन, राजनितिमा ; प्राय: सडे-गलेका छन राजनितिमा । (१) राजनिति सेवा भएन, पेशा बन्यो; मै हुँ भन्ने ढलेका छन राजनितिमा। (२) निर्धक्क भै भष्ट्राचार गर्छन नेताहरु ; यस्तै चलन चलेका छन राजनितिमा । (३) बांकी के छ ? न्याय पनि बिके पछी; न्यायालय दलझै बनेका छन राजनितिमा। (४) ज्यानको बदलामा पाएको यस्तो तन्त्र ; सोझाले हात मलेका छन राजनितिमा । रचना: यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर असार २ गते, २०७४ साल

No comments:

Post a Comment